बङ्गलादेशमा डेङ्गुका कारण २१२ जनाको मृत्यु

एजेन्सी, २० असोज । बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएसगै मृतकको सङ्ख्या २१२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ ।

बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो ।

तथ्याङ्क अनुसार बङ्गलादेशभर आइतबार यस वर्ष एकै दिनमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । स्थानीय समयअनुसार आइतबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका डेङ्गु सङ्क्रमित बिरामीहरूको सङ्ख्या एक हजार ४२ रेकर्ड गरिएको छ । यससँगै यो वर्ष लामखुट्टेबाट सर्ने डेङ्गु रोगको कुल सङ्क्रमितहरूको सङ्ख्या ४९ हजार ९०७ पुगेको छ ।

डेङ्गुको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन दर रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ