एशियन कप छनाेटमा भियतनामसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ, १९ असोज । एएफसी एशियन कप छनोट अन्तर्गत भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि आज किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा ६ जनाले पुनरागमन गरेका छन् । आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् ।

एशियन कप छनोटमा नेपालले यही असोज २३ र २८ गते भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ ।

फिफा वरीयतामा नेपाल १७६ औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ ।

नेपाली टोलीमा–

अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, किरणकुमार लिम्बु, कृतिशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ छन् 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर