एशियन कप छनाेटमा भियतनामसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ, १९ असोज । एएफसी एशियन कप छनोट अन्तर्गत भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि आज किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा ६ जनाले पुनरागमन गरेका छन् । आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् ।

एशियन कप छनोटमा नेपालले यही असोज २३ र २८ गते भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ ।

फिफा वरीयतामा नेपाल १७६ औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ ।

नेपाली टोलीमा–

अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, किरणकुमार लिम्बु, कृतिशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ छन् 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३० असोज । रामहरि चौलागाईं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको

काठमाडौँ, ३० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै

काठमाडौँ, ३० असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा