एयर इन्डियाको विमानको आकस्मिक अवतरण

एजेन्सी, १९ असोज । एयर इन्डियाको विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको छ । 

भारतको अमृतसरबाट बर्मिंघम गइरहेको एयर इन्डियाको उडान नम्बर एआई११७ लाई विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको हो ।

विमानको आपत्‌कालीन र्‍याम एयर टर्बाइन (आरएटी) अवतरण आफैँ सक्रिय भएपछि अवतरण गरिएको हो ।

विमानले सुरक्षित अवतरण गरेको छ । विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“बर्मिंघममा अवतरण सुरक्षित भयो । सबै विद्युतीय तथा हाइड्रोलिक उपकरण सामान्य अवस्थामा काम गरिरहेको पाइएको छ,” एयर इन्डियाले पुष्टि गरेको छ ।

एयर इन्डियाका अनुसार, शनिबार अन्तिम एप्रोचको क्रममा आरएटी प्रणाली आफैँ सक्रिय भएको थियो । एयर इन्डियाले एक वक्तव्यमा भनेको छ, “उडान एआई ११७ का चालक दलले बर्मिंघम पुग्नु ठिक अगाडि आरएटीको सक्रियतालाई नोटिस गरे । सबै विद्युतीय र हाइड्रोलिक मानकहरू सामान्य पाइएपछि विमानले सुरक्षित अवतरण गर्‍यो ।” इन्डिया टुडे

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर