एयर इन्डियाको विमानको आकस्मिक अवतरण

एजेन्सी, १९ असोज । एयर इन्डियाको विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको छ । 

भारतको अमृतसरबाट बर्मिंघम गइरहेको एयर इन्डियाको उडान नम्बर एआई११७ लाई विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको हो ।

विमानको आपत्‌कालीन र्‍याम एयर टर्बाइन (आरएटी) अवतरण आफैँ सक्रिय भएपछि अवतरण गरिएको हो ।

विमानले सुरक्षित अवतरण गरेको छ । विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“बर्मिंघममा अवतरण सुरक्षित भयो । सबै विद्युतीय तथा हाइड्रोलिक उपकरण सामान्य अवस्थामा काम गरिरहेको पाइएको छ,” एयर इन्डियाले पुष्टि गरेको छ ।

एयर इन्डियाका अनुसार, शनिबार अन्तिम एप्रोचको क्रममा आरएटी प्रणाली आफैँ सक्रिय भएको थियो । एयर इन्डियाले एक वक्तव्यमा भनेको छ, “उडान एआई ११७ का चालक दलले बर्मिंघम पुग्नु ठिक अगाडि आरएटीको सक्रियतालाई नोटिस गरे । सबै विद्युतीय र हाइड्रोलिक मानकहरू सामान्य पाइएपछि विमानले सुरक्षित अवतरण गर्‍यो ।” इन्डिया टुडे

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी

काठमाडौँ, २० असोज । २०८३ साल असोज २० गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छैन । तपाईंले आज गरेको

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक