इजरायलद्वारा गाजामा आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी, १९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई बमबारी रोक्न आग्रह गरे पनि इजरायलले गाजा पट्टीमा आक्रमण जारी राखेको छ । कम्तीमा ७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । 

ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न ल्याएको आफ्नो २० बुँदे योजनाका केही अंशहरू स्वीकार गरेपछि हमाससँगको सहमतिको प्रतिक्रियास्वरूप यस्तो आग्रह गरेका थिए ।

शनिबार भएको बमबारी र हवाई हमलामा मारिएका पीडितहरूमध्ये कम्तीमा ४५ जना भोकमरीग्रस्त गाजा सहरका थिए, जहाँ इजरायली सेनाले पछिल्ला हप्ताहरूमा निरन्तर आक्रमण गरिरहेको छ । यसका कारण करिब १० लाख बासिन्दा दक्षिण क्षेत्रमा भाग्न बाध्य भएका छन् ।

चिकित्सकहरूका अनुसार, गाजा सहरको तुफ्फाह क्षेत्रमा रहेको एक आवासीय घरमा इजरायली आक्रमण हुँदा १८ जना मानिस मारिएका छन् । 

गाजाको नागरिक रक्षा एजेन्सीले मारिनेमा दुई महिनादेखि आठ वर्षसम्मका सातजना बालबालिका रहेको बताएको छन् । 

इजरायली सेनाले दक्षिणी गाजाको अल–मवासीमा रहेको विस्थापित शिविरलाई पनि निशाना बनाएको थियो, जसमा दुई बालबालिकाको मृत्यु भएको रछ । 

अल जजीराकी संवाददाता हिन्द खौदारीका अनुसार, मध्य गाजाको नुसेरात शरणार्थी शिविरसहितका अन्य क्षेत्रहरूमा पनि हवाई आक्रमण भएको छ । 

खौदारीले भनिन्, “मैदानमा भइरहेका घटनाहरूले कुनै पनि प्रकारको युद्धविराम भएको संकेत देखाउँदैन ।”

शनिबार ट्रम्पले हमासलाई बन्दीहरूलाई छिट्टै रिहा गर्न र युद्ध अन्त्य गर्ने आफ्नो योजनामाथिको वार्तालाई अन्तिम रूप दिन आग्रह गर्दै चेतावनी दिए, “नत्र सबै बाजी खारेज हुनेछन् ।”

नेतान्याहूको आशा
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा बन्दी बनाइएका बन्धकहरूको रिहाइ ‘आगामी दिनहरूमा’ घोषणा हुने आशा व्यक्त गरेका छन् ।

हमासको बन्दकमा ४८ पुरुष र एक महिला छन्, जसमा दुईजना थाइल्यान्डका नागरिक, नेपाली र तान्जानियाली एक÷एक नागरिक छन् । ४५ इजरायली नागरिक रहेको बताइएको छ । तर, त्यमध्ये अनुमानित २० जना मात्रै जिवित रहेको हुन सक्ने बताइएको छ ।

टेलिभिजनमा प्रसारित एक वक्तव्यमा उनले भने, “हमासलाई निशस्त्र गरिनेछ र गाजालाई सैन्यीकरणमुक्त गरिनेछ, चाहे सजिलो तरिकाले होस् वा कठिन तरिकाले । तर, यो हासिल गरिनेछ ।”

शान्ति प्रस्तावमा सहमति भएपछि पनि शनिबार बिहान गाजामा आक्रमण भएपछि इजरायलले ‘नरसंहार’ जारी राखेको हमासले आरोप लगाएको थियो । इजरायलमाथि विश्वव्यापी दबाब दिन आग्रह उसले गरेको थियो ।

दुवै पक्षबीच अप्रत्यक्ष युद्धविराम वार्ता सोमबार इजिप्टमा सुरु हुने तयारी छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता पूरा गर्न हमासतर्फबाट हुने ‘विलम्ब सह्य नहुने’ चेतावनी दिएका छन् । बीबीसी 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ