‘जेनजी आन्दोलनमा लुकेको गम्भीर षड्यन्त्र र खरानीको टीका’

गत २३ र २४ गतेको घटना साह्रै नै दु:खदायी घटना भयो, सामान्य आँखाबाट हेर्दा पनि ती युवाहरूको हत्या सामान्य थिएन, होइन् । सरसर्ती हेर्दा प्रहरीद्वारा यसरी ठ्याङ ठ्याङ गोली ठोकेको देखियो, यसका तीन कारणहरु हुनसक्छन्, आदेश दिनेले निर्मम आदेश दिएको हुनसक्छ वा पूर्व गृहमन्त्री भैसकेका कोही कसैले पूर्वयोजना अनुसार आफ्ना पालाका नजिकका प्रहरी प्रयोग गरेका हुनसक्छन् वा योजना बमोजिम गोली चलाउने वातावरण मिलेपछि प्रहरीको युनिफर्ममा घुसपैठ भएको हुनसक्छ ।

सामान्य हिसावले सोच्दा जब २३ गते सांझमा गृहमन्त्रीले राजिनामा दिनुभयो, त्यहीबेला प्रधानमन्त्रीले पनि राजिनामा दिनुभएको भए सायद २४ गतेको घटना घट्ने थिएन कि ? भन्ने पनि छ तर २४ गतेको प्रधानमन्त्रीको राजिनामा पछि सार्वजनिक सम्पत्ति जलाउनेसम्मको घृणित कार्य हेर्दा यो जेनजीको टू एजेण्डा मात्रै थिएन र २३ गते सांझ प्रधानमन्त्रीले राजिनामा दिदैमा आन्दोलन रोकिने थिएन, कुनै न कुनै कारणले आन्दोलन भड्किने थियो भन्ने घटनाक्रमले स्पष्ट अनुमान गर्न सकिन्छ।

मलाई के लाग्थ्यो भने काठमाडौं महानगरपालिकाका मेयर साब् परिपक्व हुनुहुन्छ र युवा नेता भएर देशै हांक्नुहुन्छ भन्ने । तर उहाँका फेसबुक स्टाटसले सिंहदरबार जलाउन मलजल गर्यो, जेनजीका माग पूरा गराउने मात्रै होइन, संविधान संशोधन गरेर निकास दिने अत्यन्तै महत्त्वपूर्ण अवसर थियो, तर यतातिर उहाँले ध्यान दिन चाहनुभएन, उल्टो प्रतिनिधि सभाको विघटनसँगै जेनजीलाई झुक्याउन सफल हुनुभयो ।

आज जेलमा भएपनि रबी लामिछाने भारी मतले विजयी नेता हो, सायद उहाँलाई जेलबाट निस्कन प्रोत्साहित गर्नुभयो वा पहिलेकै योजना थियो । अन्तिम घडीमा रबीलाई पनि सखाप बनाउने खेल खेल्नुभयो । अन्तरिम संविधानको त कुरै उठाउनु भएन, जेनजीलाई राष्ट्रपतिसँग होइन, सेनासँग वार्ता गर्न जानु भनेर भन्नुभयो ।

दुर्गा प्रसाईं र रास्वपाका नेताहरुले सेनापतिसँग वार्ता गरेको कुराले यी सबै एउटै योजना सफल बनाउन प्रयत्नरत थिए कि ? भन्ने पनि आशंका उब्जेकै छ । मेयर साबकै योजनामा सुशीला कार्की प्रधानमन्त्री बन्ने पूर्वयोजना बमोजिम नै भएको हो भन्ने कुरा बालेन अघि नबढ्नु र दुर्गा प्रसाईं खाली हात फर्कनुले पनि पुष्टि गर्दछ । सुदन गुरुङलगायतले जेनजीको भर्चुअल मिटिङमा जवर्जस्ती सुशीला कार्कीलाई पास गराए, त्यहाँ केही व्यक्तिहरुको हावी थियो, ग्रुपको समर्थनको लागी अनावश्यक दबाब पनि दिएको देखिन्थ्यो । ५:३० बजे भित्र सेनापतिकोमा वार्ताको लागि जानुपर्ने भनेर पटकपटक मिटिङमै भनेको सुनिन्थ्यो, सबैले सुशीला कार्कीको बारेमा बोले र अन्तिममा ५० प्रतिशतभन्दा बढी भयो भोटिङ भनेर पास गराए । कति जेनजी थिए, कति उपस्थित थिए र ५० प्रतिशत कति हो ? भन्ने चै स्पष्ट पारिएन ।

हतारहतार सुशीला कार्कीको नाम लिएर गएका जेनजीहरु अर्को जेनजी समुहले हर्कलाई बोलाएपछि समूह बिभाजित भए, सायद योजनाकारले यस्तै सोचेका थिए, सफल भए । २५ गते सेनाको हवल्दार साबले बिचरा जेनजीलाई सबै समूहबाट एक एक जना नेता चुनेर भोलि आउनु भएर पठाए पछि आन्दोलनको उपलब्धि त होइन, निरासा हात पारेर फर्केका अधिकांश अग्रणी भूमिकामा रहेका जेनजीहरुको चेत खुलिसकेको थियो । भोलिपल्ट ती कतिपय गएनन् र सुदन गुरुङकै हालीमुहाली रह्यो । अन्ततोगत्वा सुशीला दिज्यूलाई भाइ बालेनको साथ रहेको स्टाटस आयो, सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो ।

यो सबै योजनाका सदस्य सचिवको रुपमा चै अहिलेका गृहमन्त्रीले काम गरिरहेका थिए । राष्ट्रपति र सेनापतिसँग समन्वय गरेका उनले गृहमन्त्रीको ? भनिरहेका बेला बालेन मार्फत ‘म’ भन्न लगाए, अन्ततोगत्वा गृहमन्त्री बने । यो सबै केपी ओलीको सत्ता ढाल्न रचिएको योजना थियो तर संसद, सिंहदरबार, सर्वोच्चलगायत राष्ट्रिय सम्पत्ति खरानी बनाएर, लुटेर केपी ओलीको सरकार ढालेपछि संविधान अनुसार आफू प्रधानमन्त्री होइएला भनेर दौरासुरुवाल लाइसकेका र यस अघिको योजनामा अप्रत्यक्ष साथ सहयोग दिएका प्रचण्डको सुरुवालको इजार खुस्कियो । उहाँको कोटाबाट कुलमान सर मन्त्री बन्नुभएकै छ, राष्ट्रिय सूचनाका लागि यतिनै काफी छ उहाँको लागि ।

छिमेकीले कानुन बुझेका मधेस मूलका भनेको मान्ने इमानदार व्यक्ति खोज्दा अनिल सिन्हालाई भेट्यो, सुशील म्याडमसँगै काम पनि गरेको छिमेकीलाई पनि खुसी पार्न अवसरको रुपमा लिईन प्रधानमन्त्रीले । पुन सरलाई चै समाज भुल्याउन इमानदार मान्छेको रुपमा नियुक्ति गरे, जेन जीले प्रधानमन्त्रीको रुपमा हेरेका पुनलाई शिक्षा तथा विज्ञान मन्त्री बनाउनु स्वभाविक थियो ।

पछिल्लो समयमा स्थापित राजनीतिक दलका शिर्ष नेताहरुलाई निषेध गरेर अघि बढ्ने योजना बनाएको छ, अहिले आन्दोलन गरेका जेनजीहरु सबै अन्तरिम सरकारका अनुयायी हुन भन्ने ठानेको छ । तर छठ पर्वपछि एउटा अर्को आन्दोलन हुनेछ, जसले यो अन्तरिम सरकारलाई अप्ठ्यारो बनाउनेछ, त्यो बेला सर्वोच्च अदालतले पनि दलहरुकै साथ दिनेछ, संसद पुन:र्स्थापना हुनेछ र त्यो पुन:र्स्थापित संसदले संविधान संशोधन गर्नेछ, तर अहिले जेनजीको आन्दोलनको बेला प्रतिनिधि सभा बिघटन नगरी संविधान संशोधन गराउन जुन सहजता हुन्थ्यो, त्यो सम्भव हुने छैन । यी सबै क्रियाकलापले अरुलाई सुख दिनेछ, आत्मसन्तुष्टि दिनेछ तर सच्चा नेपालीलाई दुस्ख दिनेछ र मोटामोटी गृहयुद्धकै जस्तो किचलो व्यहोरिरहनुपर्नेछ भन्ने म बबुरोको अनुमान छ ।

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनको भ्वाइस कल निःशुल्क गर्ने भएको छ।

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा