चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

काठमाडौँ, १४ असोज । म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र) चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको थियो । परिवारका धेरै अरू सदस्यलाई पनि लामो अवधिको जेल सजाय सुनाइएको छ । मिङ परिवार म्यानमारको शान्त सीमावर्ती सहर लौक्काईमा शासन गर्ने चार जातमध्ये एकका निम्ति काम गर्थ्यो । उक्त सहर चीनको सीमानजिकै अवस्थित छ, जसलाई उनीहरूले जुवा, लागुऔषध र ठगी केन्द्रको मुख्य थलोमा परिणत गरिदिएका थिए ।

त्यसविरुद्ध म्यानमारले कडा कारबाही सुरु गर्दै सन् २०२३ मा यो परिवारका धेरै सदस्यलाई गिरफ्तार गरेको थियो । उनीहरूलाई चिनियाँ अधिकारीको जिम्मा लगाइएको थियो । सोमबार वान्जाउको उत्तरी सहरस्थित एक अदालतले माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएको चीनको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ