खेलकुद सामग्री वितरण

बुटवल, १३ असोज । गोल्स एकेडेमी क्लब (डाना कप २०२४ विजेता)ले कोब्रा गाईजलाई खेलकुद सामग्री वितरण गरेको छ ।

स्थानीय स्तरमा खेलकुदको महत्व बढाउँदै युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले क्लबले आज एक कार्यक्रम आयोजना गरी फुटबल २ थान र जर्सी १६ जोर लगायतका खेलकुद सामग्री वितरण गरेको हो ।

क्लबका संस्थापक अमिर विशुंखे र रमेश थापा तर्फबाट रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं १९, को सक्रिय युवा क्लब कोब्रा गाइजलाई खेलकुद सामग्री उपलब्द गराएकोमा क्लबद्वारा विशेष धन्यवाद व्यक्त गरेको छ । सो कार्यक्रममा विशेष अतिथिको रूपमा रूपन्देहीका प्रतिष्ठित युवा समाजसेवी कृष्ण मल्ल ठकुरी, विष्णु खत्री र प्रदिप खत्रीको हातबाट क्लबका अध्यक्ष तथा सम्पूर्ण सदस्यहरूलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

सामग्री हस्तान्तरणपछि बोल्दै अतिथिहरूले खेलकुदले युवालाई स्वस्थ, शिस्तबद्ध र सामाजिक उत्तरदायी बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, युवाहरूले यस अवसरलाई अवसरका रूपमा लिएर आफ्नो क्षमता अझ बढाउनुपर्ने र खेलमार्फत समाजमा सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिनुभयो । यस अवसरमा कोब्रा गाइज क्लबका अध्यक्षले सामग्री सहयोगका लागि गोल्स एकेडेमी तथा समाजसेवीहरूलाई धन्यवाद ज्ञापन गर्दै खेलकुदमार्फत स्थानीय युवाको क्षमता प्रष्फुटन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि