भारतको तमिलनाडुमा भएको र्‍यालीमा भागदौड : ३६ जनाको मृत्यु

एजेन्सी, १२ असोज । भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्‍यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आठ बालबालिका र १६ जना महिला रहेका छन् ।

हिजो बेलुका विजयले आफ्नो तमिककगा वेत्री कडगम पार्टीको र्‍याली सम्बोधन गर्ने क्रममा भीड अनियन्त्रित हुँदा घटना भएको बीबीसी हिन्दीले जनाएको छ । भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आर.एन. रवि र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसहित विभिन्न नेताहरूले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । साथै, घटनाको छानबिनका लागि उच्च न्यायालयका पूर्व न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा आयोग गठन गरिएको छ ।

मुख्यमन्त्री स्टालिनले घाइतेको तत्काल उपचारका लागि निर्देशन दिनुभएको छ । र्‍यालीमा भीड अत्यधिक भएकाले भागदौड भएको र एम्बुलेन्सलाई घटनास्थलसम्म पुग्न समेत कठिनाइ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ