चीनद्वारा नयाँ भू–उपग्रहको सफल प्रक्षेपण

एजेन्सी, ११ असोज । चीनले बिहान आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

यो प्रक्षेपण उत्तरपश्चिम चीनमा रहेको च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ३ बजेर २८ मिनेटमा सम्पन्न भएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ । उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको हो र यो निर्धारित कक्षमा सफलतापूर्वक स्थापित भएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले जानकारी दिएको छ । यो भू–उपग्रहमा क्यामेरा र इमेजर गरी टाढाबाट अवलोकन गर्ने नौवटा यन्त्रहरू जडान गरिएका छन् । यस प्रक्षेपणसँगै चीनको मौसम भविष्यवाणी क्षमता, जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण सम्बन्धी क्षमता थप सुदृढ हुने सीएनएसएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ