भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा

काठमाडौँ, १० असोज । भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

आज नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्यप्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, खेल भारतको सिक्किममा अक्टोबर २६ मा हुनेछ ।

प्रारम्भिक टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अञ्जना राना मगर, उसा नाथ, सुशीला चौधरी र लिला जोशी छन् ।

त्यसैगरी, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैशी, सजनी ठोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी छन् ।

मिडफिल्डरमा विमना चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविताराना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया छन् ।

त्यसैगरी, फरवार्डमा रश्मि कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र