माल्टामा सामान चोरी गरेको आरोपमा दुई नेपालीलाई जेल सजाय

एजेन्सी, ८ असोज । माल्टाको एक होटलबाट सामान चोरी गरेको आरोपमा पक्राउ परेका दुई नेपाली घरायसी कामदारलाई त्यहाँको  अदालतले सोमबार जेल सजाय सुनाएको छ । 

२६ वर्षीया संगीता घिमिरे र २७ वर्षीया मिना कार्कीले आफ्नो अपराध स्वीकार गरेपछि मजिस्ट्रेट लारा लान्फ्रान्कोको इजलासले यस्तो फैसला सुनाएको हो । 

उनीहरूलाई गम्भीर प्रकृतिको चोरी आरोप लगाइएको थियो । गत सेप्टेम्बर १३ मा सेन्ट जुलियन्सस्थित एमई माल्टा होटलको एक कोठाबाट उनीहरूले एउटा झोला चोरेको आरोप छ, जसमा ३५० युरो, केही स्मारिका र अन्य सामानहरू थिए । 

सीसीटीभी फुटेजमा ती महिलाहरू उक्त झोला बोकेर कोठाबाट बाहिर निस्कँदै गरेको देखिएको थियो, जसले गर्दा उनीहरू पक्राउ परेका माल्टाको एक सञ्चारमाध्यमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ