सरकारलाई प्रश्न: खै, प्रचण्ड माथि सम्पत्ति सुद्धिकरणको अनुसन्धान ?

काठमाडौँ, ७ असाेज । अकुत रकम भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएका रकममाथि अनुसन्धान अघि बढाउनु यो सरकारको राम्रो काम हो। यसको प्रशंसा गर्नु पर्छ। तर, यसरी अनुसन्धान गर्दा अरुलाई छोड्ने काम चाँही यो सरकारले कदापी राम्रो गरेको छैन।

घर आगलागी हुँदा जसरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा रकम भेटिएको थियो, त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको घर आगलागी हुँदा पनि रकम भेटिएको थियो। कति भन्ने कुरा भने खरानी भएका कारण एकिन गर्न नसकिने अवस्था थियो।

तर, एकै दिन एकै प्रकारको घटनामा प्रचण्डलाई छुट दिने र अरुलाई सम्पत्ति शुद्धीकरणको टोली पठाउने कार्य सुशिला कार्कीको सरकारलाई गम्भीर प्रश्न बनाएको छ।

कुनै बेला यो जेनजीको आन्दोलन सफल बनाइयो भन्ने प्रचण्डको घरमा सम्पत्ति शुद्धीकरण विभाग नजानु भनेको साँच्चिकै अचम्मको कुरा हो। कुनै बेला संविधानअनुसार प्रधानमन्त्री बन्नुपर्छ भन्ने व्यक्ति, जे हुनुपर्छ संविधानअनुसार नै हुनुपर्छ भन्ने व्यक्ति, संविधानको परिपालन गराउन उच्चतम तहमा पुगेको व्यक्ति नै अहिले संविधान विपरीत देशमा प्रधानमन्त्री बन्नुभएकाे छ । अर्को कुरा, जुन आन्दोलनले अहिले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाएको हो, त्यो आन्दोलन विपरीत पनि उहाँ प्रधानमन्त्री नियुक्ति भएको कुरा स्पष्ट भैसकेको छ। कारण, जेनजीको आन्दोलनमा घुसपैठ भएको र ओर्जिनल जेनजीलाई गुमनाम बनाइदिई नक्कली जेनजीको अगुवाईमा यो सरकार बनेको पनि छर्लङ्ग भइसकेको छ।

सुशीला कार्कीको सरकार बने लगत्तै संकास्पद व्यक्तिहरूबाट शुभकामना प्राप्त हुनु र  सरकार बनाउन सैनिकले ज जसलाई वार्तामा बोलाएको थियो, उनीहरूबाटै गम्भीर आपत्ति आउनु पनि यो सरकारमाथि प्रश्न उठाउन सकिने धेरै आधारहरू छन्।

अहिले पनि यो सरकारले प्रचण्डको घरमा अनुसन्धान नगर्ने रणनीति लिएको छ, त्यो पनि शंकास्पद रहेको भन्न सकिन्छ। पारिवारिक दृष्टिकोणको हेर्दा  नेपालका परिवारिक नातावाद कृपावादमा एक नंवरमा आउने प्रचण्डको घरमा  अनुसन्धान नुहुनु अहिलेको सरकारलाई  उठाउन सकिने यो गम्भिर प्रश्न वनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो