‘परिवर्तन’को पोस्टर सार्वजनिक

काठमाडौँ, ६ असोज । चलचित्र ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ ।

निर्माण टिमले सोमबार चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै माघ ९ बाट प्रदर्शन मिति समेत तोकेको छ । 

पोस्टरमा चलचित्रका मुख्य पात्र सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत भएका छन् । पोस्टरमा आगो, लडाइँ र प्रतिशोध देखिन्छ ।

उनले बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको पोस्टरले संकेत गरेको छ । 

विजय केरुङले निर्देशन गरेको चलचित्रमा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । चलचित्रमा सुशील श्रेष्ठसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङलगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै