पाकिस्तानको रक्षा बजेटमा अमेरिकाको निगरानी

एजेन्सी, ६ असोज । पाकिस्तानको रक्षा बजेटमा अमेरिकाले निगरानी बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानलाई आफ्नो रक्षा र गुप्तचर बजेटलाई पारदर्शी तथा आर्थिकरूपमा जवाफदेही बनाउन आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको सन् २०२५ को फिस्कल ट्रान्सपरेन्सी प्रतिवेदनमा थुप्रै सिफारिसहरू गरिएका छन् ।
 
यो वार्षिक मूल्यांकनले विभिन्न सरकारहरूको बजेटको पारदर्शिताको समीक्षा गर्नुका साथै राज्यले कसरी सार्वजनिक कोषको सार्वजानिकीकरण, लेखा परीक्षण र व्यवस्थापन गर्छ भन्नेमा केन्द्रित हुन्छ ।

प्रतिवेदनको पाकिस्तान खण्डमा, सैन्य र गुप्तचर बजेटको पर्याप्त संसदीय वा नागरिक सार्वजनिक निगरानी नभएको उल्लेख छ । फिस्कल ट्रान्सपरेन्सीमा सुधारका लागि पाकिस्तानले सैन्य र गुप्तचर एजेन्सीहरूको बजेटलाई संसदीय वा नागरिक सार्वजनिक निगरानीमा राख्नुपर्ने बताएको छ ।

पाकिस्तानी अंग्रजी दैनिक डनको प्रतिवेदनअनुसार, विदेश मन्त्रालयले पाकिस्तानलाई आफ्नो कार्यकारी बजेट प्रस्ताव समयमै प्रकाशन गर्न पनि सुझाव दिएको छ ।
 
प्रतिवेदनमा पाकिस्तान सरकारले आफ्नो कार्यकारी बजेट प्रस्तावलाई उचित समयसीमाभित्र प्रकाशन नगरेको भनिएको छ  । बजेट पहिले नै जारी गर्दा यसमा विस्तृत बहस र छानबिनको अवसर मिल्ने उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयको फिस्कल पारदर्शिता प्रतिवेदनमा १४० सरकार र प्रतिष्ठानहरू समावेश छन् । इकोनोमिक्सटाइम्स
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज एक दिन बन्द हुने

काठमाडौँ, २० असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।