नेपाली खेलाडीलाई यूएईले दियो भिसा

काठमाडौँ, ५ भदौ । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा दिएको छ ।

यसअघि अस्वीकार गरेको भिसा आज दिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

लामाले भनेका छन्, “नेपाल क्रिकेट संघको आयोजनामा सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालन हुने नेपाल र वेस्ट इन्डिजका राष्ट्रिय क्रिकेट टोलीहरुबीचको युनिटी कप टि ट्वान्टी इन्टरनेशनल खेलहरुको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई भिसा प्राप्त भइसकेको बेहोरा जानकारी गराइन्छ,” “साथै नेपाली क्रिकेट टोली असोज ६ गते यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो