’ऊनको स्वीटर’ ओटीटीमा

काठमाडौँ, ५ भदौ । फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ ।

यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् । आर्टमान्डूले निर्माण गरेको यो फिल्मले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतले दर्शकलाई आकर्षित गरेको थियो ।

सकारात्मक समीक्षा पाएको फिल्मको निर्देशन र पटकथा लेखन नवीन चौहानले गरेका हुन् ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेलको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने