दीपकराज गिरीद्वारा प्रहरी चौकी पुननिर्माण गर्न आर्थिक सहयोग

काठमाडौँ, ५ असोज । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

आफ्नो जन्मथलो काठमाडौँको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर उनले ५ लाख रुपैयाँ प्रदान गरे । डीएसपी एलिजा गिरीलाई दीपकले सहायता प्रदान गरे ।

गतसाता आयोजित जेनजी आन्दोलनको क्रममा उक्त प्रहरी कार्यालयमा समेत आगजानी र तोडफोड भएको थियो । आगजानीमा कार्यालयमा रहेका करोडौं मूल्य पर्ने प्रविधि र सञ्चारका उपकरण, पोशाक तथा महत्वपूर्ण संरचनामा क्षति पुगेको छ । कार्यालयको नयाँ भवनबाट ५ महिना अघिदेखि कामकाज सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने