अनेरास्ववियुका अध्यक्ष कडरियालाई आफ्नै कार्यकर्ताद्वारा गम्भीर आरोप: अस्वीकार गर्ने घोषणा

काठमाडौँ, ४ असोज ।  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाले आन्दोलनको समयमा  सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर पछि सामाजिक सञ्जालमार्फत नै अध्यक्ष पदबाट दिएको राजीनामा फिर्ता गरेको जानकारी गराएका थिए । 

कडरियाले पुनः अध्यक्ष पदमा फर्किन खोज्दा सङ्गठनभित्र विवाद उत्पन्न भएको छ। बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र सम्बन्धित जिल्लाका इन्चार्जहरूले सङ्कटको बेला भाग्ने व्यक्तिलाई नेतृत्वको रूपमा मान्दैनौँ भन्दै हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्