रूसमा ७.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, ३ असोज । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।  

७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । 

यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो । त्यस दिन कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१ म्याग्निच्युडको भूकम्प आएको थियो ।

एनसीएसका अनुसार, त्यो भूकम्प बिहान ८ बजेर ७ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनको ६० किलोमिटर गहिराइमा थियो ।

यूएसजीएसले के भन्यो ?
यूएसजीएसका अनुसार शुक्रबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । यसको केन्द्र रूसको पेट्रोपाव्लोभ्स्क–कामचत्स्कीमा १० किलोमिटरको गहिराइमा थियो । यसलाई लिएर अमेरिकी राष्ट्रिय मौसम सेवाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । 

भूकम्पपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बस्ने मानिसहरूका लागि अलर्ट जारी गरेको छ । मानिसहरूलाई सतर्क रहन र अग्लो ठाउँमा जान सल्लाह दिइएको छ ।

कामचटकाका गभर्नरले पनि यस बारेमा उनले हालसम्म कुनै ठूलो क्षति वा हताहतिको खबर नभएको बताएका छन् । तर, उद्धारकर्मीहरूलाई पूर्णरूपमा तयार रहन निर्देशन दिइएको छ । 

यो भूकम्प त्यही क्षेत्रमा आएको हो, जहाँ जुलाईमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो । त्यसपछि सम्पूर्ण प्रशान्त क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो । एबीसीन्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता