चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

एजेन्सी, १ असोज । चीनको गाडी उद्योग समूहले घरेलु र विदेशी गाडी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ ।

हिजो सार्वजनिक गरिएको विज्ञप्तिमा चीन गाडी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभावरहित बजार आवश्यक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित गाडीको विकासमा सहकार्य गर्न जोड दिँदै, हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यो कदम चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात हुने केही एनालग चिपहरूको मूल्य अनुसन्धान शुरू गरेपछि आएको हो । मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिकी कदमहरू विरुद्ध भेदभाव विरोधी अनुसन्धान पनि शुरू गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता