एनपीएल तोकिएकै समयमा हुन्छ : क्यान

काठमाडौँ, ३१ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ ।

जेनजीको भ्रष्टाचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको अवस्थामा एनपीएलको दोस्रो संस्करणको अवस्था के होला भन्ने धेरैको चासो र कौतुहलता थियो ।

एनपीएलको दोस्रो संस्करणका लागि क्यानले खेलाडीको अक्सन समेत गरिसकेको छ । यस्तै केही टिमले मुख्य प्रशिक्षक र विदेशी खेलाडीहरु समेत घोषणा गरिसकेका छन् ।

यद्यपी क्यान प्रवक्ता छुम्बी  लामाका अनुसार अहिलेको अवस्थामा एनपीएल तोकिएकै समयमा आयोजना गर्ने क्यानको तयारी रहेको तर परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताए । ‘अब हामीले भनेर मात्रै पनि हुँदैन । सुरक्षा व्यवस्था लगायत सबै कार अनुकुल हुनुपर्छ । तर अहिलेको अवस्थामा भने एनपीएल तोकिएकै मितिमा गर्ने क्यानको योजना छ’ उनले भने । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु गर्ने गरी क्यानले मिति तोकिसकेको छ । 

एनपीएलमा साविक विजेता जनकपुर बोल्ट्ससहित विराटनगर किङ्स, काठमाण्डू गोर्खाज, चितवन टाइगर्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र