रास्वपाद्वारा दुई वडा संयोजक निलम्बित

काठमाडौँ, ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी प्रदर्शनमा घुसेर तोडफोडमा संलग्न दुई वडा संयोजकलाई निलम्बन गरेको छ ।

यही भदौ २३ र २४ गते पोखरामा ८० भन्दा बढी संरचना ध्वस्त भएका छन् । त्यसमा सरकारी संरचनादेखि नेताका व्यक्तिगत घर, व्यवसाय र व्यापारिक भवनसहित तरकारी मण्डी, वर्कशप समेत छन् ।

सोही कार्यमा संलग्न भएको भन्दै रास्वपाले पोखरा महानगरपालिका–१० का संयोजक चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेललाई निलम्बन गरेको हो ।

वडा १० का थापा पोखरा महानगरपालिकामा कार्यालय र पोखराका मेयर धनराज आचार्यको घरमा आगजनीमा देखिएका थिए । “भदौ २३ र २४ गते जेनजीले आयोजना गरेको विरोध कार्यक्रममा पार्टीको आचारसंहिताभन्दा बाहिर रहेर विभिन्न अवान्छित क्रियाकलापमा संलग्न भएको विभिन्न सामाजिक सञ्जालमार्फत देखिन आएकोले तपाईंलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गरिन्छ,” पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति