अस्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब डलर लगानी गर्ने

एजेन्सी, ३० भदौ । अस्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पर्थमा रहेको जलयान निर्माणस्थलमा लगानी गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ ।

पर्थमा रहेको ‘हेन्डरसन सुरक्षा’ क्षेत्रलाई अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गर्न आउँदो १० वर्षभित्र ८ अर्ब डलर लगानी गरिने अस्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेसले जानकारी दिनुभयो । यो परियोजना सन् २०२१ मा बेलायत र अमेरिकासँगको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयूक्यूएस’ अन्तर्गत अघि बढाइएको हो ।

अहिले अस्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आउँदो १५ वर्षभित्र ३ वटा भर्जिनिया–श्रेणीका पनडुब्बी अमेरिकाबाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजनासमेत बनाएको खबरमा उल्लेख छ ।

पछिल्लो समय अस्ट्रेलियाले रक्षा क्षेत्रमा लगातार लगानी बढाइरहेको छ । अस्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि अहिलेसम्म कुल ७० अर्ब अस्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, यसमा जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ