दीर्घकालीन लगानी र रोजगारीमा चुनौती थपियो : नाडा

काठमाडौँ, ३० भदौ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले नेपालको अटोमोबाइल क्षेत्रलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिलाका रूपमा चित्रण गर्दै हालको अस्थिरताले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ ।

हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनप्रति गहिरो चासो व्यक्त गर्दै एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षामाथि चिन्ता व्यक्त गरिएको छ । यसले उपभोक्ताको विश्वासमा नकारात्मक असर पुर्‍याउनुका साथै दीर्घकालीन रूपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको नाडाको भनाइ छ ।

विज्ञप्तिमा शान्तिपूर्ण संवाद र सहमतिबाट समस्याको समाधान खोज्न सकिनेमा आफ्नो विश्वास रहेको बताउँदै व्यावसायिक समुदायको सुरक्षालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ । साथै, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना