काठमाडौँ, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् ।
जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । सबिता नेपालको इतिहासकी प्रथम महिला न्यायाधिवक्ता हुन् ।
त्यस्तै, कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा छिन् ।






