दसैँ अगाडि पाउने भए कर्मचारीले तलब-भत्ता

काठमाडौँ, २९ भदौ । जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु भएको हो । 

उनले असहज परिस्थित हुँदा रोकिएको भुक्तानी प्रणाली आज देखि भुक्तानी दिन थालिएको जानकारी दिए । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ । 

मन्त्रालयका प्रवक्ता पाण्डेयले भने, ‘असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको थियो । तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमशः गर्छ ।’ उनका अनुसार आइतबारदेखि राजस्व सङ्कलनको काम पनि सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर