हामी नेपाल संस्थासँगको सम्बन्धबारे अफवाह फैलाइयो : सन्दुक रुइत

काठमाडौँ, २९ भदौ । बारबरा फाउन्डेसनले ‘जेनजी’को आन्दोलनका क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले जेनजी आन्दोलनका विषयमा हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे ‘अनर्गल’ प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो ।

कोरोना महामारीका बेलामा सहकार्य गरिएको तर उक्त संस्था वा त्यसका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्बन्ध नरहेको फाउन्डेसनले स्पष्ट पारेको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनसायले चरित्रहत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।

उनले पछिल्लो एक वर्षदेखि हामी नेपाल नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको बताए । आन्दोलनका निम्ति हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउन्डेसनले विगत आठ वर्षमा ब्याज आम्दानीसहित कुल करिब सात करोड ८२ लाख रुपैयाँ प्राप्त गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ