काठमाडौँ, २९ भदौ । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २५ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





