पकिस्तानमा झडप हुँदा १९ सैनिकको मृत्यु, ४५ विद्रोही मारिए

एजेन्सी, २९ भदौ । पाकिस्तानको अस्थिर उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपमा कम्तीमा १९ सैनिकको मृत्यु भएको छ । ४५ विद्रोही मारिएका छन् ।

पाकिस्तानी सेनाका अनुसार, सेप्टेम्बर १० देखि १३ सम्म खैबर पख्तुनख्वाका तीन फरक–फरक स्थानमा भएका झडपमा कम्तीमा ४५ ‘आतंककारी’ मारिएका हुन् । प्रधानमन्त्री शेहबाज सरिफले सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरसँग उक्त क्षेत्रको भ्रमण गरी आतंकवादविरोधी कारबाहीबारे उच्चस्तरीय बैठक गरेका थिए ।

खैबर पख्तुनख्वामा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)का ४५ आतंककारी मारिएका सेनाले जनाएको छ ।

सुरक्षा बलले बाजौर जिल्लामा गुप्तचर सूचनाका आधारमा अभियान चलाएकोे र भीषण गोलीबारीमा टीटीपीका २२ आतंककारी मारिएका थिए । दक्षिणी वजिरिस्तान जिल्लामा भएको अर्को झडपमा १३ टीटीपी आतंककारी मारिए । त्यहाँ १२ सैनिकको मृत्यु भएको थियो । 

तेस्रो घटनामा सुरक्षा बलले बिहीबार तल्लो दिरा जिल्लाको लालकिल्ला मैदानमा आतंककारीको उपस्थितिबारे गुप्तचर सूचना पाएपछि एक अभियान चलायो । सेनाले भीषण गोलीबारीमा त्यहाँ कम्तीमा सात सैनिक र १० आतंककारी मारिएको जनाएको छ । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ