काठमाडौँ महानगरअन्तर्गतका विद्यालय आजदेखि खोल्न निर्देशन

काठमाडौँ, २९ भदौ । काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय आज (भदौ २९)देखि खोल्न निर्देशन दिइएको छ । तर, यस दिन पठनपाठन नगर्न महानगरले भनेको छ ।

“सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको शिक्षा विभागले शनिबार (भदौ २८) जारी गरेको सूचनामा भनिएको छ ।

यस दिन विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ गर्न भनिएको छ । विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।

“विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,” महानगरको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित