गाजा शहरमा इजरायलको आक्रमण तीव्र

एजेन्सी, २९ भदौ । इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ ।

यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ । यसअघि इजरायलले गाजा शहर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई शहर तत्काल छाड्न चेतावनी दिएको थियो । किनकी उसले आक्रमण गर्ने तयारीबारे पहिल्यै जानकारी दिएको थियो ।

यो चेतावनीपछि साढे दुई लाख मानिसहरुले गाजा शहर छाडेर दक्षिणतर्फ गएको इजरायल डिफेन्स फोर्स अर्थात् आईडीएफले शनिबार जानकारी दिएको थियो । त्यसपछि आफूले आक्रमण थालेको आईडीएफले दाबी गरेको छ ।

इजरायल डिफेन्स फोर्सले के पनि दाबी गरेको छ भने आतंकवादीहरुले प्रयोग गर्दै आएको एक अग्लो भवन पनि ध्वस्त पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ