अमेरिकाले रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै

एजेन्सी, २९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गर्नुभएको छ ।

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार रहेको र  प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुने भनिएको एएफपीले जनाएको छ । ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै नेटोको जीत हासिल गर्ने प्रतिबद्धता एक सय प्रतिशतभन्दा निकै कम रहेको बताउनुभएको छ ।

नेटोले चीनमाथि ५० देखि एक सय प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गर्नुभएको छ । ट्रम्पको यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्