नेपाल र भियतनामबीचको दुवै खेल तटस्थ मैदानमा नहुने

काठमाडौँ, २८ भदौ । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुवै खेल भियतनाममा खेल्ने तय भएको छ । 

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले तटस्थ मैदानमा हुनुपर्ने दुवै खेल भियतनाममा हुने पुष्टि गरेको हो । 

छनोटअन्तर्गत नेपालले आफ्नो होम खेल स्वदेशमै खेल्नुपर्ने थियो । तर, एएफसीले काठमाडौँको दशरथ रंगशाला अयोग्य भएको जनाउँदै भियतनामसँगको खेलका निम्ति तटस्थ मैदान रोज्न भनेको थियो । 

योसँगै अब नेपालले छनोटको पहिलो खेल आगामी अक्टोबर ९ मा भियातनामको बंग डोङ रंगशाला र दोस्रो खेल थांगहात रंगशालामा आगामी अक्टोबर १४ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि