इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण

एजेन्सी, २७ भदौ । इजरायलले पछिल्लो ७२ घण्टामा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहित ६ वटा छिमेकी अरब देशमा आक्रमण गरेको छ ।

यी आक्रमणहरूमा २ सय भन्दा बढी मानिस मारिएका छन् । एक हजारभन्दा बढी घाइते भएको बताइएको छ । सोमबारदेखि बुधबारसम्म भएका यी आक्रमणहरूमार्फत इजरायलले यी देशहरूमा रहेका आतंकवादीहरूका अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विषयलाई लिएर इजरायली प्रधानमन्त्री नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

तर, नेतन्याहूले भने कतारको राजधानी दोहामा हमासका अधिकारीहरूमाथि गरिएको आक्रमणको बचाउ गरेका छन् । उनले यस आक्रमणको तुलना ९/११ को आक्रमणपछि अमेरिकाले गरेको कारबाहीसँग गरेका छन् । इजरायलले पनि त्यही गरेको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज एक दिन बन्द हुने

काठमाडौँ, २० असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।