सबैको विचारको प्रतिनिधित्व अहिलेको आवश्यकता : दीपकराज गिरी

काठमाडौँ, २६ भदौ । कलाकार दीपकराज गिरीले सबैको विचारको प्रतिनिधित्व हुनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

उनले सामाजिक संजालमा एक पोष्ट गर्दै भनेका छन्, ‘जेनजीको आन्दोलनले सफलता पाए पनि उसको चाहना विपरीत यति ठुलो भौतिक र मानवीय क्षति हुन पुगेको छ, त्यसको कारण त्यहाँ अनेकौँ स्वार्थ समूहको घुसपैठ पनि भएको देखिन्छ ! प्राप्त भिडियोहरूको प्रमाणले पनि त्यस्तै भन्छ !’  ‘ठिक त्यसै गरेर अहिले पनि त्यस्तै प्रकारको भिन्न भिन्न समूहहरूबाट मिसलिडिङ हुनुपर्ने खतराबाट बच्नुपर्ने अवस्था छ जेनजी ।’

‘भ्रष्टाचार तथा सुशासनलगायतका प्रमुख मागहरू सम्बोधन हुने प्रत्याभूति सहित भबिष्यमा राष्ट्रिय एकता पनि कायम हुने गरेर सबैको बिचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नु नै आजको आवश्यकता हो जस्तो लाग्छ !’, उनले थपे-  ‘यसका लागि नागरिक समाजले पनि अघि बढेर सहयोग गर्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर