नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ : मदनकृष्ण श्रेष्ठ

काठमाडौँ, २५ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् ।

आज उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका छन् ।

उनी भनेका छन्, ‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका  युवाहरू भन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेहरुलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ’, ‘हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्‍यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’

युवाहरूको माग नै समयको माग भएको धारणा राख्ने श्रेष्ठ थप्छन्, ‘राखेका श्रेष्ठले युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए । अबको समय हामी संयम भएर संसार भरि छरिएर बसेका नेपालीहरू समेत एकजुट  भएर हाम्रा अमूल्य भौतिक संरचनाहरूलाई जोगाउने, संरक्षण गर्ने, पुन निर्माण गर्ने र भ्रष्टाचार रहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने