ट्रम्पको भन्सार करले ०.५ प्रतिशत जीडीपी घटाउनसक्ने भारतको प्रक्षेपण

काठमाडौँ, २४ भदौ । भारत सरकारका प्रमुख आर्थिक सल्लाहकार भी. अनन्था नागेश्वरनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा लगाएको ५० प्रतिशत ट्यारिफ (भन्सार शुल्क)का कारण यो वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई ०.५ प्रतिशत ले घटाउनसक्ने बताएका छन् । 

तर, उनले ५० प्रतिशतको ट्यारिफ कति लामो समयसम्म रहन्छ भन्नेमा निर्भर गर्ने भन्दै यो आर्थिक वर्षमा यसले ०.५ प्रतिशत देखि ०.६ प्रतिशत जीडीपीमा असर पार्नसक्ने बताएका रोयटर्सले जनाएको छ ।
 
रूस–युक्रेन द्वन्द्व अन्त्यको मध्यस्थता गर्न खोजिरहेका अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको तेल आयातले मस्कोको युद्ध प्रयासलाई आर्थिक सहयोग गरिरहेको बताएका छन् । गत महिना भारतबाट हुने आयातमा भन्सार शुल्क दोब्बर गरी ५० प्रतिशत पुर्‍याएका थिए ।

अमेरिकी जनगणना ब्युरोको तथ्यांकअनुसार सन् २०२४ मा अमेरिका–भारतबीचको दुईतर्फी व्यापार १२९ अर्ब डलर पुगेको थियो, जसमा अमेरिकाको व्यापार घाटा ४५.८ अर्ब डलर रहेको थियो ।

निर्यातकर्ता समूहहरूले यो ट्यारिफले अमेरिकामा भारतको ८७ अर्ब डलरको व्यापारिक निर्यातको करिब ५५ प्रतिशतलाई असर गर्नसक्ने अनुमान गरेका छन् । 

यसबाट भियतनाम, बंगलादेश र चीनजस्ता प्रतिस्पर्धीहरूलाई फाइदा पुग्ने समाचारमा उल्लेख छ । नागेश्वरनले वर्तमान आर्थिक वर्षको लागि सरकारको ६.३ देखि ६.८ प्रतिशतको वृद्धि प्रक्षेपणमा अडिग रहने बताए । यसको कारण अप्रिल–जुन त्रैमासिकमा ७.८ प्रतिशतको विस्तार हो, जुन एक वर्षभन्दा बढी समययताको सबैभन्दा तीव्र वृद्धि हो । रोयटर्स 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ