उमेर पुगेकाहरुले अब युवालाई हस्तान्तरण गर्नुहोस् : हरिवंश आचार्य

काठमाडौँ, २३ भदौ । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् ।

आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि पीच गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै उनले अहिलेको अव्यवस्थाको एउटा नमूना देखाएका छन् ।

उनले लेखेका छन् , ‘मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रस्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउछन्, जनताको करले बनेको बाटो किन भत्कियो ? कसरी भत्कियो ? यसको जिम्मेवारी कस्को ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रस्न गरेका । आज उठेको आवाज कुनै व्यवस्था बिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रस्न हो । जनताले तपाईंहरु बाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी