जापानका प्रधानमन्त्री इशिबाद्वारा राजीनामा दिने घोषणा

एजेन्सी, २३ भदौ । लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गरेका छन् ।

पद सम्हालेको एक वर्ष पनि नपुग्दै उनले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ ।

सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले १५ वर्षपछि पहिलोपटक जापानको प्रतिनिधिसभामा बहुमत गुमाएको छ । पार्टीले यसैवर्ष जुलाईमा उच्च सदनमा पनि बहुमत गुमाएको छ । यसले प्रधानमन्त्री इशिबामाथि ठूलो दबाब सिर्जना गरेको खबरमा उल्लेख छ ।

एलडीपीले गएको सात दशकदेखि धेरैजसा समय जापानमा शासन गर्दै आएको भए पनि इशिबाको नेतृत्वमा पार्टीले ऐतिहासिक हार बेहोरेको छ । अब एलडीपीले नयाँ नेता छान्ने र संसदले प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ