आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ, २१ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै छन् ।

काठमाडौँको दशरथ रंगशालामा हुने खेल आज साँझ ५:३० बजेदेखि हुने तय भएको छ ।

दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । दुवै टिमले मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने बताएका छन् ।

मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मैत्रीपूर्ण खेलका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने बताए । घरेलु मैदानमा खेल हुने भएकाले पनि आफूहरू उत्साहित रहेको उनको भनाइ छ । 

त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जितको लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताएका थिए । उनले पनि घरेलु मैदानमा राम्रो प्रतिस्पर्धा हुने र जित हासिल गर्ने जिकिर गरे ।

बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि