काठमाडौँ, २० भदौ । कलाकार दुर्गेश थापा साङ्गीतिक भ्रमणका लागि लन्डन पुगेका छन् ।
लाइम एण्ड लेमन इन्टरटेनमेन्टको आयोजनामा ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ शीर्षकको यो साङ्गीतिक भ्रमण कार्यक्रम बेलायतका विभिन्न शहरहरुमा आयोजना हुनेछ ।
बिहीबार राति लन्डनको हिथ्रो विमानस्थलमा पुगेका दुर्गेश थापालाई शुभेच्छुकहरू, स्थानीय आयोजकहरू र लाइम एण्ड लेमन इन्टरटेनमेन्टका निर्देशक सागर पौडेल लगायतले स्वागत गरेका थिए ।
यो दुर्गेशको पहिलो पटक बेलायत भ्रमण भएका कारण उनी आफूलाई निकै उत्साहित र खुसी व्यक्त गर्दै आफ्ना प्रशंसकहरूलाई पूर्ण मनोरञ्जन दिलाउने वाचा गरे ।
दुर्गेश थापाको यूके टूरको कार्यक्रम तालिका अनुसार सेप्टेम्बर ६ तारिख प्रेस्टनमा टूरको पहिलो शो हुनेछ भने सेप्टेम्बर ८ तारिख बर्मिङहममा, १२ तारिख स्काला लन्डन किंग्स क्रसमा, १३ तारिख एम्पायर अल्डरसटमा, १५ तारिख स्कटल्यान्डमा र १६ तारिख लेष्टरमा शोहरु हुनेछन् ।






