गुगललाई साढे ४२ करोड डलर जरिवाना

एजेन्सी, १९ भदौ । अमेरिकाको एक संघीय अदालतले गुगललाई साढे ४२ करोड डलर जरिवाना तिर्न आदेश दिएको छ ।

करौंडौं प्रयोगकर्ताका डेटा थुपारेर गोपनियता उल्लंघन गरेको मामिलामा उक्त जरिवाना तिर्न आदेश दिएको हो ।

आफ्नो गुगल खातामा प्रयोगकर्ताले ट्र्याकिङ फिचर अफ गर्दा गर्दै पनि कम्पनीले डेटा संकलन गरेको पाइएपछि यो जरिवाना तिराइएको हो । कम्पनीले प्रयोगकर्ताको मोबाइल उपकरणमा पहुँच बनाएर आफ्नो डेटा जम्मा पारेको, सेभ गरेर राखेको अनि त्यसलाई प्रयोग गरेको दाबी गर्दै प्रयोगकर्ताले कम्पनीमाथि हालेको मुद्दाको सुनवाइ गर्ने क्रममा यो फैसला आएको हो । 

यस मुद्दामा प्रयोगकर्ताले ३१ अर्ब डलरभन्दा बढीको क्षतिपूर्ति माग गरेका थिए । यो निर्णयले कम्पनीको प्रडक्टले कसरी काम गर्छ भन्ने कुरा गलत तरिकाले बुझेको भन्दै यसको विरुद्ध पुनरावेदन अदालतमा जाने गुगलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको