अनुमति बिनाका तस्बिर हटाउन सोनाक्षीको आग्रह

मुम्बई, १९ भदौ । अभिनेत्री सोनाक्षी सिन्हाले हालै केही ब्रान्डहरूले अनुमतिबिना नै आफ्नो आधिकारिक वेबसाइटमा तस्बिर प्रयोग गरिरहेको भन्दै आपत्ति जनाएकी छन् । 

सोनाक्षीले आफ्ना तस्बिरहरू तत्काल हटाउन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएकी छन् । इन्स्टाग्राममा एक पोस्ट लेख्दै सोनाक्षीले भनेकी छिन्, ‘म प्रायः अनलाइन सपिङ गर्छु र मैले केही ब्रान्डको वेबसाइटमा अनुमतिबिना नै मेरा तस्बिरहरू देखेकी छु। जब कुनै कलाकारले तपाईँहरूको पहिरन वा गहना लगाउँछ, तब तपाईंहरूले ब्रान्डको क्रेडिट दिँदै पोस्ट गर्नुहुन्छ। तर तिनै तस्बिरलाई तपाईंको आधिकारिक वेबसाइटमा राख्नु चाहिँ धेरै भयो।’

उनले अगाडि लेखेकी छिन्, ‘मेरो तस्बिरहरू हटाउनुहोस्, नत्र म सार्वजनिक रूपमा कारबाही गर्न थाल्छु। वा मलाई मेरो बिल कहाँ पठाउने हो, बताउनुहोस्। निर्णय तपाईंको।’

सोनाक्षीको यो पोस्टलाई अभिनेत्री तब्बूले पनि रि-पोस्ट गर्दै ‘धन्यवाद सोनाक्षी, मेरो पनि यही सोच छ’ भनेर लेखेकी छिन्। यसमा सोनाक्षीले जवाफ दिँदै ‘मलाई थाहा थियो कि यो सोच्ने म एक्लो छैन’ भनेर लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने