शिक्षाविद्द्वारा विद्यालय शिक्षा विधेयकबारे राष्ट्रपतिलाई ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ । विद्यालय शिक्षा विधेयकबारेमा शिक्षाविद्हरूको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।

विधेयकमा रहेका विवादित र पेचिला विषयमा ५ बुँदामा ध्यानाकर्षण गराइएको हो । सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत बाह्य प्रतिस्पर्धाबाट गर्दा उपयुक्त हुने उनीहरूको ठहर छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयकको प्रतिवेदनमा पनि सोही व्यवस्था उल्लेख छ। तर नेपाल शिक्षक महासंघ ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा माग्दै आन्दोलनमा छ ।

‘सर्वसाधारणका छोराछोरी पढ्ने विद्यालयमा गतिला शिक्षक भित्र्याउनु राज्यको दायित्व हो । असक्षम शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट मात्रै स्थायी बनाउनु राज्य स्रोतको दोहन मात्र नभई सर्वसाधारण अभिभावक र तिनका छोराछोरीलाई राज्यले ठग्नु पनि हो। तसर्थ सार्वजनिक विद्यालयमा आन्तरिकबाट बढीमा ६० र बाह्य प्रतिस्पर्धाबाट ४० प्रतिशत नै शिक्षक छानिनुपर्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

शिक्षाविद् केदारभक्त माथेमा, विद्यानाथ कोइराला, सुशन आचार्य, अमीना सिंह, राजेन्द्र दाहाल र टीका भट्टराईले राष्ट्रपति पौडेललाई लिखित रूपमा ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष