एएफसी यू-२३ एसियन कप छनोट : नेपाल र ताजिकिस्तान भिड्दै

काठमाडौँ, १८ भदौ । ताजिकिस्तानमा आजदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दै छ ।

ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् । तुलनात्मक रूपमा तीनवटै टोली नेपालभन्दा बलिया छन् ।

नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जित निकाल्दै ३ अंक हासिल गर्ने लक्ष्य भएको बताएका छन्  ।

राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलानको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलेका कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठ पनि छन् ।

नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि