नेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिकामा सामान्य हेरफेर

काठमाडौँ, १८ भदौ । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको शृङ्खला यूएईमा हुनेछ । सरजाह क्रिकेट रङ्गशालामा हुने शृङ्खला आउँदो असोजको ११, १३ र १४ गते हुने क्यानले जनाएको छ । यसअघि खेल असोज ११, १२ र १४ गते हुने तय भएको थियो । क्रिकेट इतिहासमै नेपालले पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो ।

यो शृङ्खला नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभइ आउँदो टी–२० विश्वकप एशिया छनोटको तयारीमा समेत महत्त्वपूर्ण मानिएको छ । विश्वकप छनोट ओमानमा अक्टोबरमा हुँदैछ । यसअघि गएको वर्ष वेस्ट इन्डिजको ‘ए’ टोली नेपालमै आएर टी–२० शृङ्खला खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि