चीनमा ‘न्यानो प्रविधि’ मा आधारित कम्पनीहरू तीव्र गतिमा वृद्धि

एजेन्सी, १८ भदौ । विगत २५ वर्षमा विश्वभर स्वीकृत ‘न्यानो प्रविधि’सम्बन्धी आविष्कार अधिकार (पेटेन्ट) हरूको ४३ प्रतिशत हिस्सा चीनको रहेको छ ।

यो तथ्य आइतबार बेइजिङमा आयोजित एक औद्योगिक मञ्चमा सार्वजनिक गरिएको ‘चीन न्यानो प्रविधि उद्योग २०२५’ शीर्षकको श्वेतपत्रमा उल्लेख गरिएको हो ।

‘पेटेन्ट’ भन्नाले कुनै नयाँ आविष्कार, प्रक्रिया, उपकरण वा प्रविधिमा अधिकार प्रदान गर्ने कानुनी प्रमाणपत्र हो, जसले आविष्कारकर्तालाई एक सीमित अवधिको लागि त्यो आविष्कारको उपयोग, उत्पादन र वितरणमा विशेष अधिकार दिन्छ । यसको उद्देश्य नवप्रवर्तनलाई प्रोत्साहन गर्नु हो । पेटेन्ट पाएको आविष्कार अरूले बिना अनुमति प्रयोग गर्न पाउँदैनन्, जसले प्रतिस्पर्धामा पारदर्शिता र आविष्कारको व्यवसायीकरणलाई सहयोग पुर्‍याउँछ ।

सन् २००० देखि २०२५ सम्म विश्वभर १० लाख ७० हजारभन्दा बढी न्यानो प्रविधिसम्बन्धी अधिकार प्रमाणपत्र (पेटेन्ट) जारी गरिए, जसमध्ये चार लाख ६४ हजार चीनले प्राप्त गरेको छ । यो सङ्ख्या अमेरिका, जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पाएका प्रमाणपत्रहरू भन्दा धेरै हो ।

श्वेतपत्रमा उल्लेख अनुसार, चीनका पेटेन्टहरू मुख्यतः अर्धचालक उपकरण (सेमिकन्डक्टर), उत्प्रेरक रसायन, जैविक औषधि र नयाँ सामग्री जस्ता प्रमुख प्रविधिमा केन्द्रित छन् । अर्धचालक प्रविधिमा बेइजिङ, सांघाई, शेन्जेन र सुछोउ अगाडि रहेका छन् भने जैविक औषधिमा बेइजिङ, सांघाई र ग्वाङझोउ मुख्य केन्द्रहरू हुन् ।

चीन विज्ञान प्रतिष्ठानले २३ हजार ४०० आविष्कार अधिकार प्राप्त गरी विश्वका सबैभन्दा धेरै पेटेन्ट भएका संस्थाको रूपमा पहिलो स्थान हासिल गरेको छ । चीनमा न्यानोप्रविधिसम्बन्धी अधिकारहरू स्थानान्तरण दिने दर ८ प्रतिशत नाघिसकेको छ, जसले प्रविधिको व्यवसायीकरणमा प्रगति भइरहेको देखाउँछ । सन् २०१८ सालको अन्त्यसम्म चीनमा न्यानो प्रविधिमा आधारित कम्पनीहरूको सङ्ख्या ३४ हजार ५०० नाघेको छ, जसमध्ये ७३९ कम्पनी शेयर बजारमा सूचीकृत छन् । यो क्षेत्रले करिब ९९ लाख मानिसलाई रोजगारी प्रदान गरिरहेको छ ।

श्वेतपत्रमा विश्व न्यानो प्रविधि बजार सन् २०२५ को अन्त्यसम्म १.५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जसको वार्षिक औसत वृद्धिदर सन् २०१८ देखि २०२५ सम्म १७ प्रतिशतभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर