टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट स्टार्कले लिए सन्न्यास

काठमाडौँ, १७ भदौ । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

३५ वर्षीय स्टार्कले आज सन्न्यासको घोषणा गरेका हुन् । उनले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता रहे पनि २०२१ को विश्वकप खेल्दा निकै रमाइलो महसुस भएको बताएका छन् ।

यद्यपि, उनले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने बताएका छन् । स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता उनले ६५ खेलमा ७९ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि