संयुक्त विद्यार्थी संगठनद्वारा कार्यवाहक प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षण

काठमाडौँ, १७ भदौ । संयुक्त विद्यार्थी संगठनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर सदनमा दर्ता  भएको विधेयकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सरकारका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहान सिंहदरबारमा भेट गरी उनीहरूले नौ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

‘२०२८ सालको पुरानो शिक्षा ऐन प्रतिस्थापन गर्न ५४ वर्षपछि आउँदै गरेको शिक्षा ऐन नेपालको संविधानको मर्मअनुसार शिक्षा क्षेत्रका तमाम विकृति र विसङ्गतिलाई चिर्दै शिक्षामा आमूल परिवर्तन हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको थियो । तर प्रस्तावित विधेयकले उक्त अपेक्षाहरूलाई लत्त्याउँदै शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएको छ’, ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्