सुडानमा पहिरोले पुरिएर कम्तीमा हजार जनाको मृत्यु

एजेन्सी, १७ भदौ । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा हजार जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ ।

बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो । संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ ।

‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ । केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन् । सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मानवीय संकटमध्ये एकमा धकेलेकै बेला यो प्राकृतिक विपत्ति थपिएको हो ।

सञ्चार संस्था अल जजिराका अनुसार, दारफुरका केही भागमा भने पहिले नै भोकमरी घोषणा भइसकेको छ। समाचार संस्था रोयटर्सका अनुसार, उक्त क्षेत्रमा खाद्यान्न र औषधि अभाव भएको छ ।

सुडान लिबरेशन मुभमेन्ट/आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा पहिरो गएको हो । यो संगठन सुडानको सेनासँगै मिलेर अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) विरुद्ध लडिरहेको छ । उक्त युद्धकै कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दाले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर